कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्यूठानको गौमुखीमा बन्यो हेलिप्याड

प्यूठान — गौमुखी गाउँपालिका–५ सालिविसौनामा हेलिप्याड निर्माण भएको छ । गौमुखी गाउँपालिकाले विपदको समयमा उद्धार तथा राहतमा सहयोग पुगोस् भन्दै नेपाली सेनाको सहयोगमा हेलिप्याड निर्माण गरेको हो । विपदजन्य घटनाबाट हुने क्षतिलाई कम गर्न हेलिप्याड निर्माणले सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । 

प्यूठानको गौमुखीमा बन्यो हेलिप्याड

गौमुखीको आर्थिक सहयोग तथा बर्दबहादुर गण प्यूठानको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण भएको हो । नवनिर्मित हेलिप्याड बिहीबार नेपाली सेना १९ नम्बर बाहिनीपति सहायक रथी भूवनपूर्ण सत्यालले गाउँपालिकालाई हस्तान्तरण गरे ।

कार्यक्रममा बाल्दै बाहिनीपति सत्यालले ग्रामीण क्षेत्रमा हेलिप्याड विशेषगरी विपदजन्य घटनामा उपयोगी हुने बताए । ‘विपदको समयमा सडक सञ्जाल विच्छेद भएको हुनसक्छ,’ उनले भने, ‘उक्त समयमा हेलिकप्टरमार्फत उद्धार गर्न र राहत पुर्‍याउन सहज हुन्छ ।’

जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि ठाउँ ठाउँमा हेलिप्याड निर्माण गर्न आवश्यक रहेको सहायक रथी सत्यालले बताए । बर्द बहादुर गण प्यूठानका गणपति रमेश थापाले गत वर्ष प्यूठानको नौबहिनी गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको र अहिले गौमुखीमा हेलिप्याड निर्माण भएको जानकारी दिए ।

विपदका घटनामा राहततथा उद्धार गर्न, जटिल समस्याभएकाविरामीलाई हवाई सेवाबाट उपचारकालागि लैजान, विशिष्ट व्यक्तिहरुको आगमनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।




प्रकाशित : असार १३, २०८१ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×