कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गण्डकी प्रदेशसभा बैठकमा प्रवेश गर्न दिइएन : सांसद देवकोटा

कास्की — नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले गण्डकी प्रदेश सभा प्रवेशमा आफूलाई रोक लगाइएको बताएका छन् । सर्वोच्चको आदेशपछि बिहीबार प्रदेशसभा बैठकमा जाँदा मर्यापालकले रोक लगाएको देवकोटाले बताएका छन् । 

गण्डकी प्रदेशसभा बैठकमा प्रवेश गर्न दिइएन : सांसद देवकोटा

'अदालतले आदेश दिएकाले म प्रदेश सभामा आएको हुँ । के कारणले रोकिएको हो थाहा भएन । म अहिले बाहिर छु,´ उनले भने । गण्डकी प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । इकान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'यस विषयमा माननीय सभामुखज्युलाई नै सोध्नुहोला ।'

सभामुख कृष्णप्रसद धितालका स्वकीय सचिव सुवास अम्गाईंले भने सचिवालयमा सर्वोच्चको पत्र प्राप्त नभएर त्यसो भएको हुन सक्ने बताए । आफू काठमाडौंमा रहेकाले यसबारेमा विस्तृत जानकारी नरहेको पनि उनले बताए । उपसभामुख विनाकुमारी थापाले बैठकमा आफू अलि ढिला गएकाले यस विषयमा जानकारी नभएको बताइन् ।


प्रकाशित : असार १३, २०८१ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×