कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रुरु ब्याडमिन्टन कभर्डहलको उद्घाटन

गुल्मी — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गुल्मीको रुरु क्षेत्र गाउँपालिकास्थित रिडीमा बनेको ब्याडमिन्टन कभर्डहल तथा सभाहलको शनिबार उद्घाटन गरेका छन् ।

रुरु ब्याडमिन्टन कभर्डहलको उद्घाटन

कभर्डहलको निर्माण कार्य २०८० साल पुस ५ गते निर्माण कार्य सुरु भएको थियो । यसै वर्षको जेठ ५ मा निर्माण सम्पन्न भएको हो । कभर्डहल निर्माणका लागि गुल्मीका ८४ वर्षीय गुरुप्रसाद ज्ञवालीको अध्यक्षतामा निर्माणाधीन रुरु कभर्डहल उपभोक्ता समिति गठन गरिएको थियो । हलमा दुई कोर्ट रहेको छ ।

१ करोड २४ लाख लागतमा निर्माण सम्पन्न भएको कभर्डहलका लागि राखेपले ९० लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित : असार १५, २०८१ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×