कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टीहरुबीच एकताको पक्षमा : गजुरेल

काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले आफ्नो कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताएका छन् ।

क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टीहरुबीच एकताको पक्षमा : गजुरेल

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गजुरेलले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको तर्क गरे । नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उनले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्ने बताए । उनले कम्युनिष्टहरुले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताए ।

‘नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको छ । सबै नेताहरुले यो कुरा बोलि हाल्नुहुन्छ । हाम्रो पार्टी चाहिँ एकताको पक्षमा छ,' उनले भने,

'सकेसम्म पार्टी एकता नै गर्ने, नभए पनि मोर्चा गर्ने । केही न केही त गरेरै छाड्छौं भनि हाल्नुहुन्छ उहाँहरु । एउटा मजबुत क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्नु अहिलेको इतिहासको आवश्यकता हो ।'

प्रकाशित : असार १५, २०८१ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×