कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सातौं स्केटिङमा खुसी, किरण र वसन्त विजयी

काठमाडौँ — टोखा नगरपालिकामा शनिबार सम्पन्न सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिपको महिला खुलातर्फ खुसी बिक विजेता भएका छन् । उक्त इभेन्टमा समीक्षा राई दोस्रो र लेमङ्ग मगर तेस्रो भएका छन् । पुरुष जुनियरतर्फ खुलामा किरण लामा गुरुङ पहिलो, यमबहादुर कामु दोस्रो, अविशेष परिवार तेस्रो भएका छन् ।

सातौं स्केटिङमा खुसी, किरण र वसन्त विजयी

सिनियर पुरुषमा प्रथम वसन्त राई पहिलो, शरद् राई दोस्रो र पेन्थेलिन शेर्पा तेस्रो भएका छन् । सबै विधाका विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले दुई दिने प्रतियोगितामा जुनियर र सिनियर १८० पुरुष तथा जुनियर र सिनियर ७० महिला खेलाडीले भाग लिएको बताए ।

प्रतियोगिताको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उद्घाटन गर्दै स्केटिङ र स्केटबोर्डिङ साहसिक र लोभ्याउने खेल भएको ७५३ वटै पालिकामा त्यसका लागि खेलस्थल बनाउनुपर्ने बताएका थिए ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उद्घाटनमा सर्जक तथा गायक प्रकाश सपुतले पनि यस खेलबाट देशको नाम राख्न खेलाडीलाई आग्रह गर्दै खेलको प्रवर्द्धनमा आफू लाग्ने प्रतिवद्धता जनाएका थिए ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतियोगिता आफ्नो पालिकामा आयोजना हुँदा गौरव बढेको बताउँदै आफ्ना पालिका कुनै पनि खेलाडी आर्थिक अभावका कारण देशभित्र र बाहिर हुने प्रतियोगिता खेल्नबाट वञ्चित हुनु नपर्ने दाबी गरे ।

नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले खेलाडीलाई स्केटबोर्ड हस्तान्तरण गरेका थिए ।

प्रकाशित : असार १५, २०८१ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×