कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एकै सामुदायिक विद्यालय दुईले ल्याए ४ जीपीए 

नारायण शर्मा

पूर्वी नवलपरासी — माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

एकै सामुदायिक विद्यालय दुईले ल्याए ४ जीपीए 

मध्यबिन्दु नगरपालिका चोरमारामा रहेको नवजागरण माध्यमिक विद्यालयका प्रतिक ज्ञवाली र सौगात पोख्रेलले ४ जीपीए अंक ल्याएका हुन् । जिल्लामै ४ जीपीए ल्याउने यी दुई मात्र हुन् । यो विद्यालयबाट ८२ विद्यार्थी पास भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ पूर्वी नवलपरासीका प्रमुख रुद्र शर्माका अनुसार २०८० को एसईईमा पूर्वी नवलपरासीबाट एसईई दिने ६ हजार १ सय १५ थिए । तीमध्ये २ हजार नौ सय ६८ उत्तीर्ण भएका छन् । जिल्लामा रहेका १ सय ३९ माध्यमिक विद्यालय मध्ये ८९ सामुदायिक विद्यालय हुन् ।

प्रकाशित : असार १३, २०८१ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×