कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नवआगन्तुक जर्जियाको भेट टर्कीसँग

काठमाडौँ — टर्कीले युरोको आफ्नो पहिलो खेलमा मंगलबार जर्जियाको सामना गर्दै छ । टर्कीलाई के राम्रोसँग थाहा छ भने प्रतियोगितामै नवआगन्तुक जर्जियाविरुद्ध जित निकाल्न सक्ने हो भने अपेक्षाकृत केही सजिलो समूहबाट नकआउट चरण पुग्ने आधार तयार पार्न सकिनेछ । 

नवआगन्तुक जर्जियाको भेट टर्कीसँग

टर्कीलाई किन जित आवश्यक छ भने पछिल्लो संस्करणको युरोमा टर्कीको प्रदर्शन असाध्यै खराब रह्यो । सन् २०२० को संस्करणमा टर्कीलाई प्रतियोगिताकै ‘डार्क हर्स’ मानिएको थियो । नतिजा के भइदियो भने टर्की लिग चरणका सबै तीनै खेलमा पराजित रह्यो ।

अहिले पनि तत्काल टर्कीको लय खासै राम्रो छैन । मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई त हरायो, तर अस्ट्रियाको हातबाट ६–१ ले पराजित पनि रह्यो । पछिल्लो ५ खेलमा टर्की जितविहीन छ । समूह ‘एफ’ टर्कीले पोर्चुगल र चेक गणतन्त्रको पनि सामना गर्नुपर्नेछ । टर्कीको प्रदर्शन धेरै हदसम्म कप्तान तथा मिडफिल्डर हाकान चाहन्ग्लुमा निर्भर हुनेछ । इन्टर मिलानले गत सिजन सिरी ‘ए’ को उपाधि जित्दा पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । जर्जिया भने आफ्नो फुटबल इतिहासमै पहिलो पटक कुनै ठूलो प्रतियोगितामा खेल्दै छ ।

त्यसैले जर्जिया यस युरो कपको अन्डर–डग हो । टोलीको यस समूहबाट अन्तिम १६ मा पुग्ने सम्भावना अत्यन्त न्युन छ । तर जर्जियाले सबैलाई स्तब्ध पार्ने हो भने यो टिम पनि एउटा खेलाडीमा अत्यधिक निर्भर हुनेछ । उनी हुन्, खभिचा कभारसखेलिया । उनी इटालीमै खेल्छन् । उनले गत सिजन नेपोलीका लागि राम्रो प्रदर्शन गरेका छन् ।

उनलाई जर्जियाको ‘म्याराडोना’ पनि भनिन्छ । उनले भनेका छन्, ‘कोही पनि जर्जियाली फुटबल खेलाडीका लागि यस प्रतियोगितासँग जोडिनु नै ठूलो हो । जतिबेला हामी साँच्चै मैदानमा ओर्लिने छौं, त्यो हाम्रा लागि सबैभन्दा खुसीको दिन हुनेछ ।’

प्रकाशित : असार ४, २०८१ ०६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×