कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

हंगेरीको हातमा जर्मनीको परीक्षा

रोयटर्स

स्टुटगार्ट — युरो २०२४ मा आयोजक कति बलियो छ त्यसको परीक्षा हुनेछ हंगेरीको हातबाट । युवा र अनुभवी खेलाडीको मिश्रणमा जर्मनी के उपाधिको बलियो दाबेदार रहनेछ त ? समूह ‘ए’ मा जर्मनीको दोस्रो खेलले सम्भवतः उत्तर दिनेछ । हंगेरी आफैं भने निरास छ ।

हंगेरीको हातमा जर्मनीको परीक्षा

आफ्नो पहिलो खेलमा जर्मनीले जहाँ १० खेलाडीमा समेटिएको स्कटल्यान्डलाई ५–१ ले हराएको थियो, त्यहीं हंगेरी भने स्विट्जरल्यान्डसँग ३–१ ले पराजित भएको थियो ।

जमाल मुसिलिया र फ्लोरियन विटर्जजस्ता युवा खेलाडीले जर्मन भविष्य अझैं राम्रो छ भनेर देखाएका छन् । तर जतिबेला जर्मनीले हंगेरीको मैदानमा खेल्नेछ, त्यतिबेला यी दुई टिमबीचको एउटा नतिजा मनमा भने हुनेछ । सन् २०२२ को नेसनल लिगको सेप्टेम्बरमा भएको खेलमा हंगेरीले जर्मनीलाई १–० ले लाइप्जिगमा स्तब्ध पारेको थियो । अझ हंगेरी त्यस्तो प्रतिद्वन्द्वी हो, जोविरुद्ध जर्मनीले पछिल्ला ३ खेलमा जित निकाल्न सकेको छैन ।

हंगेरी टोलीका कप्तान हुन्, २४ वर्षीय डोमिनिक सोबोस्लाई । कोलोनमा भएको पहिलो खेलको हारबाट उनी दुःखी देखिएका थिए । हंगेरीले आफूमाथिको ‘डार्क हर्स’ संज्ञालाई न्याय गर्न सकेको थिएन । नत्र हंगेरीको युरो छनोट असाध्यै सानदार

रहेको थियो । तर, युरोको खेलमा छनोटको सम्झनाले धेरै काम नगर्न सक्छ । प्रशिक्षक मार्को रोसीलाई पनि के राम्रोसँग थाहा छ भने स्विस टिमविरुद्ध हंगेरीले देखाएको कमजोरी दोहोरिए जर्मनीले त्यसको निर्दयीपूर्वक फाइदा लिन सक्छ ।

प्रकाशित : असार ५, २०८१ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×