कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

पतञ्जलीका नाममा जग्गा हिनामिना

पाठक पत्र

सत्तामा पुग्ने र जसरी भए पनि पैसा कमाउने, गैरकानुनी काम गर्ने तथा त्यस्तो काम गर्न बाध्य पार्ने प्रकारको राष्ट्रिय नेतृत्वको कार्य एकपछि अर्को गर्दै खुल्न थालेका छन् । कान्तिपुरमा असार ६ मा प्रकाशित समाचारअनुसार २०६६ माघमा तत्कालीन माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले बनेपामा पतञ्जलीलाई ८ सय १५ रोपनी जग्गा किन्न अनुमति दिएको थियो ।

त्यहाँ आयुर्वेदिक अध्ययन संस्थान, योग केन्द्र, गाईपालन, जडीबुटी खेती आदि गर्ने भनिएको थियो ।  तर सरकारको निर्णय भएको अढाई महिनाभित्रै जग्गा बेच्न अनुमति दिइयो र ३ सय ५३ रोपनी बेचियो । यसरी आयुर्वेद फार्म चलाउने भनेर हदबन्दी छुटमा किनिएको जग्गा अहिले डोजर लगाएर प्लटिङ भइरहेको छ । सरकारले नै यस्तो गरेपछि यस मुलुकमा कसले कसको विश्वास गर्ने ? जनतालाई न्याय कसले गर्ने ? गलत काम गर्नेलाई कानुनबमोजिम तुरुन्तै कारबाही गरियोस् ।
– तुलसीराम खरेल, बिर्तामोड, झापा

प्रकाशित : असार ७, २०८१ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×