कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

युरो २०२४ : अल्बानिया र क्रोएसियाको सनसनीपूर्ण बराबरी

ह्याम्बर्ग — युरो-२०२४ को अहिलेसम्मकै सर्वाधिक सनसनीपूर्ण र रोमाञ्चक खेलमा अल्बानिया र क्रोएसियाले बुधबार २–२ को बराबरी खेलेका छन् ।

युरो २०२४ : अल्बानिया र क्रोएसियाको सनसनीपूर्ण बराबरी

क्लास जासुलले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै अल्बानियालाई बहुमूल्य बराबरी दिलाएका हुन् ।

यसअघि क्रोएसियाले तीन मिनेटको अन्तरमा सम्भव दुई गोलको मदतले अल्बानियामाथि २–१ को अग्रता लिएको थियो । अल्बानियाले क्वाजिम लाचीको गोलले ११ औं मिनेटमा अग्रता लिएको थियो । क्रोएसियाले दोस्रो हाफमा पुर्नआगमन रचेको हो ।

आन्द्रेज क्रामरिचले ७४ औं मिनेटमा बराबरी गोल फर्काए । अर्को गोल भने आत्मघाती रह्यो । जासुलाले ७६ औं मिनेटमा बललाई आफ्नै पोस्टका दिशा दिए ।

यो नतिजापछि समूह ‘बी’ दुवैको दुई खेलबाट समान एक-एक अंक भएको छ । अब आ–आफ्नो अन्तिम खेलमा क्रोएसियाले इटाली र अल्बानियाले स्पेनको सामना गर्नेछ ।

प्रकाशित : असार ५, २०८१ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×