कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

क्रोएसिया : विश्वकपमा अब्बल, युरोमा फितलो प्रदर्शन

काठमाडौँ — युरोमा समूह ‘बी’ का ठूला टिमविरुद्ध बेहोरेको हारपछि क्रोएसिया र अल्बानिया दुवैको स्थिति समान छ । दुवै घाइतेजस्तै छन् । यस स्थितिमा दुवै टिमले यस समूहमा आफ्नो अस्तित्व कायम राख्ने हो भने आफू अनुकूल नतिजा निकाल्न आवश्यक हुनेछ ।

क्रोएसिया : विश्वकपमा अब्बल, युरोमा फितलो प्रदर्शन

विश्वकपमा क्रोएसियाको आफ्नै छुट्टै समृद्ध इतिहास छ । तर, युरोमा भने क्रोएसियाको प्रदर्शन कहिले पनि त्यसको छेउछाउ हुन सकेको छैन, पहिलो खेलमा स्पेनको हातबाट ३–० ले पराजित रह्यो ।

अल्बानिया भने आफ्नो फुटबल इतिहासमै दोस्रो पटक कुनै ठूलो प्रतियोगिता खेलिरहेको छ । डिफेन्डिङ च्याम्पियन इटालीविरुद्ध टोलीको प्रदर्शन ठीकठाक रह्यो, तर नतिजा भने २–१ को हारमा टुंगिएको थियो ।

एक गोलले अगाडि रहेर पनि अल्बानियाले त्यसलाई टिकाउन सकेको थिएन । क्रोएसियाली फुटबल इतिहासमा के पनि प्रमाण पाइन्छ भने यस्तै खराब स्थितिबाट टोलीले आफूलाई सम्हालेर अगाडि बढेको छ, त्यसैले अल्बानिया पूर्णतः सतर्क रहनुपर्नेछ ।


प्रकाशित : असार ५, २०८१ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×