कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

'जीबी राईको लोकेसन मलेसियाका गृहमन्त्रीले कन्फर्म गर्नुभएको छ : गृहमन्त्री लामिछाने’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

अपराधी यता रैछ भन्दै मिडियामा भन्ने यी पहिलो गृहमन्त्री होलान्, अपराध गर्नेवालाले ए अब आउने भए भन्दै चिया–नास्ता बनाएर पर्खने जस्तो !
– भुवन भुसाल

जीबी राई र रवि दाइको घाँटी जोडिएको छ वा छैन, निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्छ ।
– किशोर राना

लोकेसन त अस्ति नै आफैं मलेसिया गएर कन्फर्म गर्नुभएको होइन ?
– हरीश चिमरिया

गफ हैन गृहमन्त्रीज्यू, काम गरेर देखाउनुस्, पहिला ल्याउनुस् ।
– विनोद सिलवाल

जीबी राई पक्रियो भने रविसँग मिलेको भए पनि नभए पनि उसले बार्गेनिङ गर्नलाई भए पनि रविलाई मुछ्ने नै छ । जीबी राईलाई पक्रिनुभन्दा भेटिएन भन्नु नै रवि र रास्वपालाई फाइदा छ । त्यसैले जीवीलाई कहिल्यै पक्रिँदैनन् ।
– अनिल सुवेदी

तिम्रो लोकेसन पत्ता लाग्यो, त्यहाँबाट भागेर मलाई बचाइदेऊ भन्न खोजेको ? नत्र हल्ला नगरी छोपेर ल्याए हुँदैन र ?
– राज कँडेल

लोकेसन कन्फर्म भए किन पक्राउ गरेर नल्याएको त नि ?
– सुवासचन्द्र पाण्डे

जीबी राईको लोकेसन कन्फर्म गर्नू, आकाशमा, पातालमा जहाँ भए पनि नछुनू ।
– हीराबहादुर तामाङ

अनि यसरी सूचना चुहिएपछि ऊ फेरि भाग्दैन र ?
– किरण विश्वकर्मा

अनि यसरी गोप्य राख्नुपर्ने कुरा मिडियाबाजी गर्दा आरोपितले लोकेसन चेन्ज गर्ला कि नगर्ला ?
– दिनेशकुमार यादव

समातेर मात्रै बोल, नत्र मुखमा टेप लगाऊ । नयाँका सस्ता भाषण सुन्ने फुर्सद छैन कसैलाई ।
– रजिन

अहिलेलाई चलिरहेको छ, ८४ को चुनाव आउने बेला जीबीलाई फोन गरेर बोलाउनू र एयरपोर्टबाट पक्रेको नाटक गर्नू ।
– जगदीश भण्डारी

कति गैरजिम्मेवारीपूर्ण कुरा गरेको, पदीय हैसियत ख्याल नगरी । कतै अन्यत्र जान आदेश गर्ने संकेत त होइन ?
– गोपाल घिमिरे

प्रकाशित : असार ७, २०८१ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×