कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

एमबाप्पे नखेले नेदरल्यान्ड्सलाई राहत

रोयटर्स

लाइप्जिग — फ्रान्सले युरो २०२४ मा शुक्रबार नेदरल्यान्ड्सको सामना गर्दा समूह ‘डी’ को विजेता को हुने हो त्यसको निर्णय गर्ने खेल हुनेछ । तर, यही खेलमा फ्रान्सले केलियन एमबाप्पेविना कसरी खेल्ने हो, त्यसबारे योजना बनाउनुपर्नेछ ।

एमबाप्पे नखेले नेदरल्यान्ड्सलाई राहत

अर्कोतर्फ उनीविनाको फ्रान्स सामना गर्दा नेदरल्यान्ड्सलाई राहत नै हुनेछ । अस्ट्रियामाथि प्राप्त १–० को जितमा एमबाप्पे घाइते भएका थिए । उनको नाकमा चोट लागेको थियो ।

एमबाप्पेलाई खेलमा फर्कने हो भने सुरक्षात्मक कवच चाहिने छ । उनी खेल्दैनन् भने त्यसले नेदरल्यान्ड्सलाई खुसी राख्नेछ । यसको कारण पनि छन् । युरो छनोटमा फ्रान्स र नेदरल्यान्ड्स एउटै समूहमा थिए । छनोटका दुवै खेलमा फ्रान्स विजयी रह्यो । यी खेलमा एमबाप्पेले चार गोल गरेका थिए । खासमा एमबाप्पेका लागि नेदरल्यान्ड्स प्रिय प्रतिद्वन्द्वी हो । डचविरुद्धका ५ खेलमा उनले ६ गोल गरेका छन् । त्यतिमात्र होइन, उनले गरेका ४७ गोलमध्ये पहिलो नेदरल्यान्ड्सविरुद्ध नै थियो सन् २०१७ मा ।

फ्रान्सका अरू साथी खेलाडी एमबाप्पेले खेल्दा उनी नै हुने छन्, तर टिम व्यवस्थापनले उनले खेल्ने हो वा होइनन् भनेर आधिकारिक रूपमा केही भनेको छैन । एमबाप्पेले अहिलेसम्म विश्वकपमा १२ गोल गरिसकेका छन् । तर युरोमा भने उनले एकै गोल गरेका छैनन् । एमबाप्पेले पेनाल्टी सुटआउटमा गोल गर्न नसकेपछि फ्रान्स पछिल्लो युरोबाट नै बाहिरिएको थियो, स्विट्जरल्यान्डको हातबाट । उनको अनुपस्थितिमा टिमको नेतृत्व ओलिभर जिरोडले गर्नेछन् ।

फ्रान्सका लागि जिरोड सातौं ठूलो प्रतियोगिता खेलिरहेका छन् । उनी आफैंले यसपल्टको युरो आफ्नो अन्तिम हुने बताइसकेका छन् । त्यसैले उनी सुखद ढंगले यो प्रतियोगिताबाट बिदा हुन चाहन्छन् । नेदरल्यान्ड्सलाई के राम्रोसँग थाहा छ भने फ्रान्स निकै बलियो टिम हो, एमबाप्पे हुँदा या नहुँदा । रोनाल्ड कोमनको नेदरल्यान्ड्सले पोल्यान्डविरुद्धको खेलमा फुनरागमन रच्दै जित निकालेको थियो । त्यस खेलमा डच टिमले अनेक अवसर गुमाएको थियो ।

प्रकाशित : असार ७, २०८१ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×