कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एरिक्सनको पुनरागमन

काठमाडौँ — क्रिस्टियन एरिक्सनले गरेको अद्वितीय पुनरागमनमा डेनमार्कले युरोमा सोमबार स्लोभानियालाई १–१ को बराबरीमा रोकेको छ । म्यानचेस्टर युनाइटेडका एरिक्सनले खेलको १७ औं मिनेटमा गोलको खाता खोलेर डेनमार्कलाई अग्रता दिलाए ।

एरिक्सनको पुनरागमन

पछिल्लो युरोका क्रममा उनलाई मैदानमै हृदयघात भएको थियो र त्यसक्रममा मैदानमै ढलेका थिए । त्यसपछि उनको फुटबल खेलजीवन सकिएको अनुमान थियो । तर, उनले पुनरागमन रचे र अहिलेको युरो पनि खेलिरहेका छन् ।

स्लोभानियाका लागि एरिक जान्जाले दोस्रो हाफको अन्त्यतिर गोल गर्दै खेल बराबरीमा ल्याए । सन् २००० यता स्लोभानियाले युरोमा यो पहिलो खेल खेलेको हो ।

समूह ‘सी’ मा अब डेनमार्कले मंगलबार फ्र्यांफर्टमा इंग्ल्यान्डको सामना गर्नेछ । म्युनिखमा हुने अर्को खेलमा स्लोभानियाले सर्बियाको चुनौती आत्मसात गर्नेछ । कोभिड–१९ महामारीका बेला भएको युरोमा डेनमार्क सेमिफाइनल पुगेको थियो । त्यसमा टोली इंग्ल्यान्डकै हातबाट पराजित रहेको थियो ।

प्रकाशित : असार ४, २०८१ ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×