कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

अस्ट्रियामाथि फ्रान्सको साँघुरो जित

काठमाडौँ — फ्रान्सेले युरो २०२४ मा मंगलबार विजयी सुरुआत लिएको छ, तर यो अस्ट्रियामाथिको साँघुरो १–० को जित मात्रै रह्यो । फ्रान्सलाई के पनि डर रहनेछ भने कप्तान केयलिन एमबापेलाई नाकमा लागेको चोट गहिरो नहोस् । खेलको अन्त्यतिर उनलाई नाकमा चोट लागेको थियो र त्यसबाट रगत बगेको थियो ।

अस्ट्रियामाथि फ्रान्सको साँघुरो जित

त्यससँगै उनलाई सब्स्टिच्युटसमेत गरिएको थियो । खेलको एक मात्र गोल भने आत्मघाती रह्यो र यो अस्ट्रियाका खेलाडी म्याकमिलियन वबरको नाममा रह्यो । खेलको ३८ औं मिनेटमा यो दुर्भाग्यपूर्ण गोल सम्भव भएको थियो । यो जितपछि समूह ‘डी’ मा फ्रान्स तीन अंकमा दोस्रो स्थानमा रह्यो ।

सोमबार रातिको समूह ‘ई’ को खेलमा भने स्लोभाकियाले बेल्जियमलाई १–० ले स्तब्ध पार्‍यो । खेलको निर्णायक गोल इभान स्चारान्जले सातौं मिनेटमा गरे । यो समूहमा बेल्जियमनै सबैभन्दा बलियो र उच्च वरीयताको टिम रहेको छ । तर स्लोभाकियाविरुद्ध उसलाई भाग्यले साथ दिएन् । हारपछि बेल्जियम दबाबमा पनि आएको छ ।

प्रकाशित : असार ४, २०८१ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×