कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

कोपा अमेरिका :  अर्जेन्टिनाको विजयी सुरुआत

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले कोपा अमेरिका-२०२४ मा शुक्रबार विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा विश्वकप च्याम्पियन पनि रहेको अर्जेन्टिनाको यो सुरुआत भने साँघुरो जित रह्यो ।

कोपा अमेरिका :  अर्जेन्टिनाको विजयी सुरुआत

अर्जेन्टिनाले क्यानाडालाई २–० ले पराजित गरेको हो । समूह ‘ए’ प्राप्त यस जितसँगै अर्जेन्टिनाले तीन अंक पनि बटुलेको छ । म्यानचेस्टर सिटी खेलाडी जुलियन अल्भारेजले ४९ औं मिनेटमा गरेको एक गोलमा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो ।

त्यसपछि खेल सकिन दुई मिनेट अगाडि इन्टर मिलानका लउटारो मार्टिनेजले दोस्रो गोल थपे । यो समूहमा पेरु र चिली पनि रहेका छन् । अमेरिकामा सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ ।

तिनलाई चार समूहमा विभाजन गरेर लिग चरणका खेल हुनेछन् । प्रत्येक समूहबाट शीर्ष दुई स्थानमा रहने टिमले क्वाटरफाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित : असार ७, २०८१ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×