कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

युरो-२०२४ : सर्बिया र स्लोभेनियाको रोमाञ्चक बराबरी

म्युनिक — खेल सकिन केही सेकेन्ड मात्र बाँकी छँदा लुका जोभिचले गरेको गोलमा सर्बियाले युरो च्याम्पियनसिपमा स्लोभेनियासँग १–१ को बराबरीमा खेलेको छ । जोभिचले कर्नरमा प्राप्त अवसरलाई हेड गोलमा परिणत गरेर सर्बियालाई बहुमूल्य एक अंक दिलाए । योसँगै सर्बियाको अर्को चरण पुग्ने सम्भावना जीवन्त रहेको छ । 

युरो-२०२४ : सर्बिया र स्लोभेनियाको रोमाञ्चक बराबरी

यस नतिजाले स्लोभेनियाको पहिलो ऐतिहासिक जित निकाल्ने अवसर भने गुमेको छ । समूह ‘सी’ को खेलमा स्लोभेनियाले जान कार्निनिकको गोलमा ६९ औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यसलाई अन्त्यसम्म कायम राख्न सकेन । यसका लागि टिमी म्याक्स एल्सनिकले सटिक पास उपलब्ध गराएका थिए । समूह ‘सी’ मा इंग्ल्यान्ड र डेनमार्क छन् ।

बराबरीको नतिजापछि स्लोभेनियाको २ अंक भएको छ भने सर्बिया एक अंकमा रह्यो । यसले समूह समीकरण रोमाञ्चक भएको छ । सर्बिया आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो । त्यसअघि सर्बियाले युरो २०२४ बाट बाहिरिने चेतावनी दिएको थियो । क्रोएसिया र अल्बानियाका समर्थकले सर्बियाविरोधी नारा लगाएपछि यो धम्की बाहिर आएको हो ।

सर्बियाली फुटबल संका महासचिव जोभान सुरबाटोभिचले आफ्नो देशविरुद्ध आपत्तिजनक नारा लगाउनेलाई सजाय हुनुपर्नेमा जोड दिएका थिए । उनले क्रोएसिया र अल्बानियाका समर्थकलाई कुनै प्रकारले कारबाही नभए आफ्नो देशले प्रतियोगिता छाड्ने चेनावती दिएका थिए । सर्बिया र अल्बानियाबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ ।

प्रकाशित : असार ६, २०८१ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×