कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कर्णालीमा अझै बनेन तलबी प्रतिवेदन, कर्मचारी मर्कामा

सुर्खेत — कर्णाली प्रदेश सरकारले हालसम्म कर्मचारीको तलबी प्रतिवेदन बनाएको छैन । जसले गर्दा प्रदेश निजामती सेवामा रहेका कर्मचारी मर्कामा परेका छन् ।

कर्णालीमा अझै बनेन तलबी प्रतिवेदन, कर्मचारी मर्कामा

संघीय सरकारले तोकेका कार्यालयबाहेक अरु नयाँ कार्यालय निजामती किताब कारखानामा दर्ता छैनन् । प्रदेश सरकारले कर्मचारी संगठन तथा व्यवस्थापन (ओएन्डएम) गर्दा निजामती किताब खानामा प्रदेशका नयाँ कार्यालयहरु अहिलेसम्म दर्ता भएका छैनन् ।

प्रदेश मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुले खाएको तलब बेरुजु निकाल्दै आएको छ । कायममुकायम कोष नियन्त्रक दिपेन्द्र मगरातीले तलबी प्रतिवेदन समयमा दर्ता नहुँदा कर्मचारी आफूले पाएको सेवा सुविधाबारे अनविज्ञ रहेको बताए । उनले तलबी प्रतिवेदन पास नहुँदा महालेखा नियन्तत्रको कार्यालयले सैद्धान्तिक बेरुजु निकाल्दै आएको छ ।

२०८० साल असोज २९ गते प्रदेश अभिलेखालय स्थापना गर्ने निर्णय भएको थियो । तर शाखा स्थापना हुन आवश्यक जनशक्ति छैन । उनले भने, ‘तलबी प्रतिवेदनले नै कर्मचारीको आउने आर्थिक वर्षको सेवा सुविधाबारे बजेट तय गर्न सहज हुन्छ ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले तलबी प्रतिवेदन पहिला संघीय निजामती किताबखानामा दर्ता हुनुपर्ने भए पनि हालसम्म नभएको उनले बताए । संघबाट समायोजन भएर आएका कर्मचारी भएकाले धेरै समस्या नभएको उनको भनाइ छ । ‘अब प्रदेशको अभिलेखालय बन्न सुरु भएको छ, प्रदेशको अभिलेखालयबाटै दर्ता हुनेछ,’ उनले भने ।

पूर्वप्रशासक केवलप्रसाद भण्डारीले तलबी प्रतिवेदनले आन्तरिक नियन्त्रण प्रालि मजबुत छ भन्ने जनाउने बताए । उनले भने, ‘यो हुनै पर्छ, सबै कर्मचारीले तलब पाए या पाएनन् भनेर हेर्ने एक किसिमको अडिट हो ।’

मुख्यमन्त्री यामलाल कँडेलले यो महत्वपूर्ण विषय हुँदाहुँदै पनि अहिलेसम्म प्राथमिकतामा नपरेको बताए । उनले अब यसलाई पनि हल गर्नतर्फ लाग्नुपर्ने बताए ।

प्रकाशित : असार १४, २०८१ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×