कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त

काठमाडौँ — युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सेनाका कमान्डरलाई बर्खास्त गरेका छन् । युक्रेनी सेनातर्फ भएको क्षतिका आधारमा सार्वजनिक रूपमा तीव्र आलोचना भएपछि राष्ट्रपति जेलेन्स्कीले लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेका हुन् । सोडोल यसै वर्षको सुरुवातमा युक्रेनी सैन्य बलको संयुक्त कमान्डर नियुक्त भएका थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त

उनको ठाउँमा ब्रिगेडियर जनरल एन्ड्री ह्नातोवलाई नियुक्त गरिएको छ । राष्ट्रपतिले सैन्य कमान्डर हेरफेरको कारण भने खुलाएका छैनन् । सोमबार राति राष्ट्रपति जेलेन्स्कीले सैन्य कमान्डर फेरबदल गरेका हुन् ।

बीबीसीका अनुसार पछिल्लो समय युक्रेनी सेनामा धेरै नै जिम्मेवारी हेरफेर भएको छ । २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि जनरल सोडोले मरिउपोल सहरको रक्षामा कमान्ड सम्हालेका थिए । त्यस्तै भोल्नोवाखा सहरमा पनि उनकै नेतृत्वमा युक्रेनी सेनाले रुसविरुद्ध युद्ध लडेको थियो । यी दुवै ठाउँ अहिले रुसी सेनाको नियन्त्रणमा रहेको छ ।

प्रकाशित : असार ११, २०८१ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×