कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तिला नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

जुम्ला — तिला नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ निवासी १८ वर्षीय कबिराज डाँगी तिला नदीमा नुहाउन गएको बेला बिहीवार दिउँसो नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

तिला नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

तातोपानी गाउँपालिका-२ मा रहेको जर्मिको तातोपानी धारा नजिक तिला नदिमा नुहाउने क्रममा डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो साथीसँग नुहाउने क्रममा तिला नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानाएको छ । करिव ४५ मिनेटको खोजी कार्य पछि मृत अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय जुम्ला, शसस्त्र प्रहरी बल तातोपानी, ईलाका प्रहरी कार्यालय तातोपानीका प्रहरी र स्थानीयहरूको तीव्र खोजी कार्यपछि डाँगी मृत अवस्थामा फेला परेका हुन् ।

प्रकाशित : असार ६, २०८१ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×