कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अविरल वर्षाका कारण सल्ली–चौरजहारी सडक अवरुद्ध 

सल्यान — अविरल वर्षाका कारण सल्लीबजार–चौरजहारी सडक मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । आँपखोलीदेखि सुनौली बजार भित्र पर्ने विभिन्न खहरे खोलाले बगाई ल्याएको ढुंगामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको हो । 

अविरल वर्षाका कारण सल्ली–चौरजहारी सडक अवरुद्ध 

सडक अवरुद्ध भएका कारण सल्लीबजार–चौरजहारी आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । यात्रुहरु बिहानैदेखि सडकमा अलपत्र परेका छन् । सडक अवरुद्ध भएका कारण विरामी बोकेका एम्बुलेन्सलाई समेत आउजाउमा समस्या भएको छ ।

सडकमा खसेको ढुंगामाटो र लेदोले गर्दा सवारी साधन चलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए । सडकमा खसेको ढुंगामाटो हटाउने काम भइरहेको उनले जानकारी गराए ।

प्रकाशित : असार ११, २०८१ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×