कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बाढीले लखन्देही खोलको तटबन्ध भत्कायो, दर्जनौं घर डुवानमा 

सर्लाही — भारी वर्षापछि सर्लाहीस्थित लखन्देही खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा कौडेना गाउँपालिका–७ शिवनगर तथा मलंगवा नगरपालिका–५ भाँड्सर गाउँमा बाढी पसेको छ ।

बाढीले लखन्देही खोलको तटबन्ध भत्कायो, दर्जनौं घर डुवानमा 

बाढी गाउँमा पस्दा दर्जनौं घरहरु डुवानमा परेका छन् । भारी वर्षाका कारण केही स्थानमा भने निकास बिनाको विकासले डुवानमा पारेको छ ।

शुक्रबार विहान चुरेस्थित पत्थरकोटमा भारी वर्षा भएको थियो । भारी वर्षापछि पत्थरकोट भएर बग्ने लखन्देही खोलामा पानीको सतह बढेर बाढी आएको हो । कौडेना गाउँपालिका–७ शिवनगर नजिक लखन्देही खोलाले बाँध भत्काएपछि बाढी गाउँ पसेको हो । बाढी गाउँ पस्दा शिवनगरमा मात्र ३५ भन्दा बढी घर डुवानमा परेको तथा सयौं घर जोखिममा रहेको वडाध्यक्ष विजय यादवले जानकारी दिए ।

उनले घरमा बाढी पसेकाहरुलाई उद्घारको प्रयास भइरहेको बताए । यता बाँध भत्किएर मलंगवा नगरपालिका–५ भाँड्सरमा पनि बाढी पसेको छ । त्यहाँ २५ घरमा बाढी पसेर डुवानमा परेको छ ।

विपद् ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कौडेना गाउँपालिका–७ स्थित लखन्देही खोलाको बाँध बाढीले भत्काएको जानकरी दिए । उनले सो बाँध भत्किँदा कौडेनको शिवनगरमा ३५ घर र मलंगवाको भाँड्सरमा २५ घरमा बाढी पसेको बताए ।

अहिले सुरक्षा अधिकारीको टोली घटना स्थल पुगेका छन् । ‘लखन्देही खोलाले बाँध भत्काएर भाँड्सर र शिवनगर बस्तीमा पसेको छ, यहाँका घरहरु डुवानमा छन्, तर पानीको सतह भने घटिरहेको छ,’ उनले भने, ‘राति थप पानी परे बस्ती बगाउने खतरा छ, बाढी पीडितलाई सुरक्षित स्थानमा सारिरहेका छौं ।’ प्रजिअ अधिकारीका अनुसार जनधनको भने क्षति हुन नपाएको जानकारी दिए ।

भारी वर्षाका कारण पूर्व–पश्चिम राजमार्गमा पर्ने लच्काहरुमा पानीको बेग बढेको थियो । पानीका कारण राजमार्ग समेत केहीबेर अवरुद्ध बनेको थियो । राजमार्गमै पानी जम्दा यात्रुले निकै सास्ती खेप्नु परेको छ । यता बागमती–१२ काजिराम टोलमा भने रेल्वे ट्रयाक बनेपछि पानी निकास नहुँदा डुवानमा परेको छ ।

प्रकाशित : असार १४, २०८१ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×