कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युवती हत्याका आरोपित १५ महिनापछि पक्राउ

रुपा गहतराज

नेपालगञ्ज — १५ महिनादेखि फरार रहेका युवती हत्याका आरोपितलाई बाँके प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गत वर्षको वैशाख २९ गते नेपालगन्जकी २२ वर्षीया सुमदरानी थारुको घाँटी रेटी हत्या भएको थियो ।

युवती हत्याका आरोपित १५ महिनापछि पक्राउ

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बर्दियाको राजापुर नगरपालिका-८ घर भएका २६ वर्षीय शैलेन्द्र चौधरीलाई पक्राउ गरेको हो । चौधरीलाई बाँकेको जानकी-१ पचपोखरास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले शैलेन्द्रलाई जानकी-१ पचपोखरास्थित नेपाल-भारत सिमा क्षेत्रबाट पक्राउ गरेको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारयण डाँगीले बताए ।

पक्राउ परेका चौधरीलाई बाँके जिल्ला अदालबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान एवं कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १४, २०८१ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×