कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दार्मामा हेपाटाइटिस ए संक्रमणको प्रकोप, ४ हजारभन्दा बढी संक्रमित

सल्यान — भूकम्प प्रभावित क्षेत्र सल्यानको दार्मा गाउँपालिकाका एक महिनाअघिदेखि देखिन थालेको ‘हेपाटाइटिस ए भाइरस’को संक्रमणले प्रकोपको रुप लिएको छ । प्रदूषित पानीका कारण गाउँपालिकाभर नै फैलिएका हेपाटाइटिस ए भाइरसको संक्रमणका कारण हालसम्म ४ हजारभन्दा बढी बिरामी परिसकेका छन् ।

दार्मामा हेपाटाइटिस ए संक्रमणको प्रकोप, ४ हजारभन्दा बढी संक्रमित

एक महिना अघि बालबालिकामा मात्र देखिएको हेपाटाइटिस एको प्रकोपका कारण अधिकांश संक्रमितमा जन्डिसका लक्षणसहितका समस्याहरू देखिएका छन् । चिकित्सकका अनुसार हेपाटाइटिस ए भाइरसको संक्रमणका कारण मानिसको कलेजो सुन्निन थाल्दछ जसका कारण संक्रमितमा जन्डिसका साथै ज्वरो आउने, वाकवाकी लाग्ने, झाडापखाला लगायताका समस्या देखिन्छन् । गाउँपालिकामा फैलिएको संक्रमणका कारण दर्जनभन्दा बढीको अवस्था गम्भीर रहेको छ । गम्भीर संक्रमितहरू थप उपचारका लागि जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पताल जान बाध्य भएका छन् ।

दार्मामा प्रदुर्षित पानी सेवनकै कारण हेपाटाइटिस एको प्रकोप फैलिएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनका अनुसार दुई साता अघिसम्म ४ सयजनामा मात्रै देखिएको संक्रमण अहिले ४ हजार भन्दा बढीमा फैलिएको छ । संक्रमणले प्रकोपको रुप लिन थालेपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, सुर्खेतबाट प्राविधिक टोली बोलाएर शिविर संचालन गरी ल्याब परीक्षण गरिएकोमा १९ जना मध्ये ८ जनमा हेपाटाइटिस ए भाइरसको संक्रमण पोजेटिभ देखिएको पनि उनले जानकारी दिए । ‘हेपाटाइटिस एको उपचार भनेको औषधी सेवनभन्दा पनि प्रशस्त मात्रामा झोलिलो पदार्थ सेवन गर्नु र तागतिलो खानेकुरा खानु हो । विरामी परेकाले प्रशस्त मात्रामा पानी नपिउँदा र तागतिलो खानेकुरा खान नपाउँदा समस्या जटिल बन्दै गएको छ,’ उनले भने ।

उनका अनुसार प्रकोपको रुपमा फैलिएपछि अहिले पालिकाले विद्यालयमा गएर बालबालिकालाई सरसफाई सम्बन्धी र शुद्ध पानी सेवनका लागि सतेचना फैलाउने काम गर्दै आएका छ । बिहान १० बजेअघि नै स्वास्थ्यकर्मीको टोली गएर विद्यालयमा हात धुन सिकाउनुका साथै सफा पानी उमालेर मात्रै पिउन सबैलाई आग्रह गरिएको उनले बताए ।

प्रत्येक घरमा तीन/चार जनामा संक्रमण देखिन थालेपछि पुरै पालिकाबासी अहिले त्रसित भएका छन् । सुरुमा घरको सानो छोरालाई जन्डिसको लक्षण देखिएको र अहिले घरका लगभग सबैमा सोही समस्या देखिएका कारण उपचार गराउन कठिनाई भएको दार्मा गाउँपालिका २ की ३६ वर्षीया लीला खत्रीले बताइन् । जन्डिससहितका लक्षणकाकारण बालबालिकाका हातखुट्टाका नंग पहेंला भएका, खान नमान्ने गरेका र दुब्लाउँदै गएका उनले जानकारी गराइन् । सरुवा रोग भएकाले आफूहरुलाई पनि सर्ने खतरा बढेकोमा चिन्ता लागेको पनि उनले बताइन् ।

दार्मामा गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाई गएको भूकम्पपछि अस्थायी रुपमा टहरा तथा त्रिपालमा बस्दै आएका पालिकाका बालबालिका, जेष्ठ नागरिक, सुत्केरी महिलालाई बेलाबेलामा विभिन्न खाले सरुवा रोगले सताइरहेकोमा पछिल्लो समयमा प्रकोपकै रुपमा हेपाटाइटिस ए फैलिएको हो ।

सामुदायिक स्वास्थ्य ईकाई केन्द्र ढाँकाडाममा दैनिक १५/२० जना उपचारका लागि बिरामी आउने गरेकामा अधिकांशमा जन्डिसकै लक्षण देखिएको स्वास्थ्यकर्मी यज्ञबहादुर खड्काले बताए । स्वास्थ्य जाँचका लागि आएका सबैलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिँदै आएको उनले जानकारी दिए । खानपानमा ध्यान नदिएमा बिरामीको ज्यान जाने सक्ने खतरा रहेको पनि उनले बताए ।

संक्रमणले प्रकोपको रुप लिएपछि त्यसबाट बचाउनका लागि विद्यालयस्तर तथा गाउँगाउँमा गएर सचेतना फैलाउने काम भैरहेको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । जन्डिसका लक्षण देखिएका बालबालिकामा ज्वरो आउने, पखाला लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, दुब्लाउँदै जाने लक्षण देखिएकाले खानेकुरामा विशेष ध्यान दिन उनले पालिकाबासीलाई आग्रह गरेको बताए । प्रकोपकै कारण हालसम्म भने कसैको ज्यान नगएपनि रोगको उपचारमा पालिकाले सचेतना फैलाउने, शिविर संचालन गरेर ल्याव परिक्षण गर्ने र सामान्य औषधी उपलब्ध गराउने काम भने भैरहेको उनको भनाइ थियो ।

प्रकाशित : असार १४, २०८१ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×