कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महिला फुटबलरलाई खेलप्रेमीको सहयोग

काठमाडौँ — साउदी अरेबियामा बस्ने नेपाली फुटबलप्रेमीले वाफ फुटबल च्याम्पियनसिपको उपविजेता र लेबननमा हुने फोर नेसन्स कपमा भाग लिने नेपाली राष्ट्रिय महिला टोलीलाई प्रोत्साहनस्वरुप पोसाक प्रदान गरेका छन् ।

महिला फुटबलरलाई खेलप्रेमीको सहयोग

टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई प्रोत्साहनस्वरुप शुक्रबार केल्मीको टिसर्ट प्रदान गरिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य तथा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामा, राखेपकी सदस्य एवं संघकी महासचिव बिना श्रेष्ठ, उपाध्यक्ष लुना प्रधान, राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान चन्द्रा भण्डारी, फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङलगायतले टिसर्ट हस्तान्तरण गरे ।

फोर नेसन्स कप जुलाई ८ देखि १६ सम्म हुँदै छ । यसअघि महिला फुटबल संघकै पहलमा वाफ फुटबल च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई साउदी अरेबियामा बस्दै आएका बुटवल उपमहानगरपालिका–११ का यमबहादुर गुरुङको प्रायोजनमा १० लाखसहित सम्मान गरिएको थियो ।

प्रकाशित : असार १४, २०८१ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×