कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दिउँसै चितुवाले तीनवटा बाख्रा खायो, गाउँभरि त्रास 

लक्ष्मी गौतम

पाँचथर — फिदिम नगरपालिका-५ चोकमागुको साजबोटे भन्ने स्थानमा बिहीबार चितुवाले तीन वटा बाख्रा खाएको छ ।

स्थानीय भवानी राईले पालेका ३ वटा बाख्रा खोरबाटै खाइदिएको हो । चितुवाले प्रतिकिलो २० किलो दरका २ माउ बाख्रा र एउटा बोको खाइदिएको हो ।

एउटै चितुवाले तीनवटा बाख्रा मारिसकेपछि एउटा खाएर दुई वटा छोडेर हिडेको राईले जानकारी दिए । बाघले दिउँसै बाख्रा मारेपछि स्थानीय त्रसित भएको राइकै छिमेकमा गाई फर्म सञ्चालन गर्दै आएका मोहनकुमार दाहालले बताए ।

डिभिजन वन कार्यालय पाँचथरका प्रमुख श्रीनारायण यादवले चितुवाले बाख्राको बगालमै पसेर ठुलो परिमाणमा क्षति गर्न सक्ने भएकाले स्थानीयलाई सचेत हुन भनिएको बताए ।


प्रकाशित : असार १४, २०८१ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×