कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री दाहाल

रासस

चितवन — प्रधानमन्त्री पुष्पकमल दाहालले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । यहाँ आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए । 

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री दाहाल

'पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ', प्रधानमन्त्री दाहालले भने । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए ।

प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताए । मन्त्रालयका आ–आफ्ना जटिलता रहेको उल्लेख गर्दै उनले भने, 'जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ ।' समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहको उनको भनाइ थियो ।

कृषकले पाउनुपर्ने दूधको भुक्तानीका सरकारले पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताए । कृषकका समस्या समाधान गर्न सरकारले गम्भीर भएर काम गरिरहेको उनको भनाइ थियो । धान रोप्ने समयमा किसानलाई मल अभाव नहुने उनले बताए ।

प्रकाशित : असार १४, २०८१ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×