कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई : मोरङका ८ जनाको ४ जीपीए

विराटनगर — २०८० को एसईईमा सहभागी मोरङका सामुदायिक र संस्थागत गरी ३ सय ९४ विद्यालयका १७ हजार ५ सय ४५ परीक्षार्थी मध्ये ५३.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ती मध्ये ८ जनाले ४ जीपीए ल्याएका छन् । उनीहरु सबै संस्थागत विद्यालयका परीक्षार्थी हुन् । 

एसईई : मोरङका ८ जनाको ४ जीपीए

जिल्लामा १ सय ६९ सामुदायिक र २ सय २५ संस्थागत विद्यालय एसईईमा सहभागी थिए । ४ जीपीए ल्याउनेमा विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलका राजु साह, सुब्रत बराल र कृतज्ञ दाहाल, सगरमाथा आवासीय विद्यालयका प्रतिभा रौनियार, रेड स्टार बोर्डिङ स्कुल पथरीका सतीश आचार्य र अजय लिम्बु, पशुपति आवासीय विद्यालय उर्लाबारीकी अन्वेशा बस्नेत र बुढानिलकण्ठ आवासीय मावि विराटनगरका सिरिन भट्टराई छन् ।

यसअघि लगातार ४ जीपीए ल्याएर अविभावकको आर्कषण बनेका विराटनगरका सामुदायिक विद्यालयमध्ये पोखरीया मावि र आर्दश माविको नतिजा यसपालि खस्किएको छ । आर्दशका अनिलकुमार केवरटले ३.९५ र दिपेशकुमार मण्डलले ९३.३७ जिपीएसहित ९३.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी पोखरीया उच्च माविका रिजन मिश्रले ३.८६ जिपीएसहित ८९.३७ प्रतिशत नतिजा ल्याएको छ ।

मोरङमा १७ हजार ५ सय ४५ परीक्षार्थी मध्ये ८ हजार ८ सय ८९ जना अर्थात ५३.२९ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख टंकप्रसाद गौतमले बताए । उनका अनुसार ८ जनाले ४ जिपीए ल्याउँदा साथै १ हजार १ सय २४ जनाले ३.६१ देखि ३.९६, ३ हजार ६६ जनाले ३.२१ देखि ३.६० जिपीए, ३ हजार ३३ जनाले २.८१ देखि ३.२०, १ हजार ५ सय १६ जनाले २.४१ देखि २.८० जिपीए र १ सय ४२ जनाले २.९ देखि २.४० जिपीए ल्याएका छन् ।

मोरङका २ हजार १ सय ५० परीक्षार्थीलाई एक र १ हजार ३ सय ७३ जनालाई दुई विषय लागेको गौतमले बताए । उनका अनुसार जिल्लाका केही सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत शून्य रहेको पाइएको र ती विद्यालयका पहिचान खुल्न बाँकी रहेको छ ।

प्रकाशित : असार १४, २०८१ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×