कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२.८० देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार जीपीए ३.६० देखि ४ ल्याउने विद्यार्थीको संख्या ३१ हजार २ सय ९ रहेको छ । यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ६८ हजार २ सय ५६ रहेको छ । 

२.८० देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै

बिहीबार सार्वजनिक गरिएको नतिजाअनुसार २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८ सय ७४ रहेको छ । जीपीए २.४० देखि २.८० ल्याउने विद्यार्थी ४१ हजार १ सय ७७ रहेका छन् । यस्तै जीपीए २.०० देखि २.४० ल्याउने २ हजार ९ सय ५० विद्यार्थी रहेका छन् ।

यस्तै जीपीए १.६० देखि २.० ल्याउने विद्यार्थी भने जम्मा ६ जना रहेका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

बोर्डका अनुसार ननग्रेडिङ(एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ । तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए ।

प्रकाशित : असार १३, २०८१ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×