कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कम्युनिष्टहरुबीच एकताको विकल्प छैन : गौतम

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताएका छन् । शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कम्युनिष्टहरुबीच एकताको विकल्प छैन : गौतम

उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए ।

उनले भने, ‘कमसेकम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्‍यो । हामी एकता गर्छौं । नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता हुनैपर्छ । त्यही कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेको छ । समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर । राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र हो । मुल शक्ति हो, मुल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिष्टहरु बीचको एकता हुनैपर्छ ।’

उनले कम्युनिष्टहरुको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित : असार १५, २०८१ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×