कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ : नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन् । 

समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ : नेपाल

शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विशेषताको समाजावादका कार्यक्रम एकीकृत समाजवादीले ल्याउन लागेको बताए ।

उनले कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूला-ठूला परिवर्तन भएकाले सबै मिलेर विचार विमर्श गर्न आवश्यक रहेको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले उत्तारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरु भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन आज उत्तारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनःगठन, विभाजन, फेरि पुनःएकता यही प्रक्रियामा अघि बढिरहेको छ । अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनुहुँदैन । तर गम्भीर हुनुपर्ने आवश्यकता छ । कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूला-ठूला परिवर्तन भएका छन् । तरंग सिर्जना गरेका छन् । अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ । हामीले नेपाली विशेषताको समाजावादका कार्यक्रम ल्याउँदैछौँ ।’

अध्यक्ष नेपालले गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

प्रकाशित : असार १५, २०८१ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×