कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कहाँ हरायो फ्रान्सको गोल ?

एएफपी

डर्टमन्ड — मास्कधारी केलियन एमबाप्पे फेरि मैदानमा त फर्केका छन् । तर, यस युरोमा फ्रान्सको प्रदर्शन मंगलबार पनि उति साह्रो राम्रो रहेन । यस्तोमा फ्रान्सलाई उपाधिको बलियो दाबेदार मान्ने कि नमान्ने दुविधा हुन थालेको छ । 

कहाँ हरायो फ्रान्सको गोल ?

पहिलो चरणमा अपराजित रहँदै फ्रान्स अन्तिम १६ त पुग्यो । तर, पोल्यान्डसँगको १–१ को बराबरीमा कारण अस्ट्रियापछि समूह ‘डी’ को दोस्रो स्थानमा रह्यो । संयोग कस्तो भने विश्वकपको उप–विजेताले युरोमा एकै टिमलाई हराएको छ यो अस्ट्रिया नै हो ।

अस्ट्रियालाई १–० ले हराएयता फ्रान्सले नेदरल्यान्ड्ससँग गोलरहित बराबरी खेलेको थियो । यिनै प्रदर्शनका कारण फ्रान्सले अगाडि बढ्ने त्यो ‘ड्र’ को सामना गर्नुपर्नेछ, जसलाई कठिन मान्न सकिनेछ । फ्रान्सले नकआउट चरणमा बेल्जियमसँग खेल्ने भएको छ ।

पछिल्ला दुई विश्वकप संस्करणमा फ्रान्सले बलियो युरोपेली प्रतिद्वन्द्वीलाई हराएको भने छ । यसक्रममा टोलीले सन् २०१८ मा उपाधि जित्यो अनि १८ महिनाअगाडि उपविजेतामा चित्त बुझायो । अहिलेका लागि फ्रान्स युरोपको सबैभन्दा बलियो टिम देखिएको छैन । यो सन् २००० यता पहिलो पटक र समग्रमा तेस्रोपल्ट उपाधि जित्ने उद्देश्यमा रहेको फ्रान्स जत्तिको टिमलाई राम्रो भने होइन ।

नाकमा लागेको चोटका कारण एमबाप्पेले नेदरल्यान्ड्सविरुद्ध त खेलेनन्, तर पोल्यान्डविरुद्ध भने मैदानमा फर्केका छन् । यसैक्रममा उनले पेनाल्टीबाट गोल पनि गरे । युरोमा उनको यो पहिलो गोल रह्यो । फ्रान्सका लागि ठूला प्रतियोगितमाा उनको यो १३ औं गोल । यससँगै उनले सन् १९५८ को विश्वकपका नायक जस्ट फोन्टेनसँग बराबरी गरेका छन् भने उनी मिचेल प्लाटिनीभन्दा एक गोलले मात्र पछाडि छन् । प्लाटिनीले ठूला प्रतियोगितामा १४ गोल गरेका थिए ।

तर एमबाप्पेको गोल फ्रान्सलाई जित दिलाउन पर्याप्त रहेन । पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट नै बराबरी गोल फर्काए । पछिल्लो विश्वपकमा फ्रान्सले ७ खेलमा १६ गोल गरेको थियो । युरोका ८ छनोट खेलमा २९ गोल पनि गर्‍यो । त्यसमध्ये जिल्ब्राटरविरुद्ध मात्रै १७ गोल थियो । तर, अहिले युरोमा ‘ओपन प्लेस’ बाट फ्रान्सले एउटै गोल गर्न सकेको छैन । त्यसैले प्रश्न हो, फ्रान्सको गोल कहाँ हरायो त ? अस्ट्रियाविरुद्धको एक गोल पनि आत्मघाती नै थियो ।

फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प पोल्यान्डविरुद्धको खेलको विश्लेषण गर्दै भन्थे, टोलीका गोलरक्षक लुकास्ज स्कोरुप्सीले असाध्यै राम्रो प्रदर्शन गरे । उनी नै प्लेयर अफ द म्याच रहे । ‘मलाई आफ्ना फरवार्डमा पूरापूर विश्वास छ । जतिबेला हामीलाई निर्णायक मोडमा गोल चाहिएको छ, त्यतिबेला उनीहरूले आफ्नो काम पनि गरेका छन् ।’ फ्रान्स नकआउट चरणमा प्रवेश गर्दा एउटा तथ्यमा ढुक्क हुनेछ, यो टिमले लिग चरणमा कुनै गोल पनि त खाएन ।

‘टिम भावनाको कुनै कमी छैन, सबै एक आपसमा मिलेर खेल्छन् र अवसरको सिर्जना गरिरहेका छन्,’ प्रशिक्षक डेसच्याम्प भन्छन्, ‘पक्कै पनि गोलको मात्रा भने घटेको छ । फेरि हामी परेको समूह वास्तवमै निकै गाह्रो थियो, अरू केही समूह त्यति कठिन पनि थिएन । अब हामीले केही दिनको विश्राम पाउने छौं । यो हाम्रा लागि राम्रो हो । त्यसपछि अन्तिम १६ को तयारी गर्नेछौं ।’ उनी चाहन्छन्, कम्तीमा एमबाप्पे त लयमा राम्रोसँग फर्कन सकोस् ।

प्रकाशित : असार १३, २०८१ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×