कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महिला ह्वीलचेयर बास्केटबलको उपाधि कोशीलाई

सुनसरी — प्रथम अन्तरप्रदेश महिला ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । सुनसरीको इटहरीमा शनिबार सम्पन्न फाइनलमा लुम्बिनी प्रदेशलाई ५ का बिरुद्ध ८ स्कोरले पराजित गर्दै कोशीले उपाधि जितेको हो ।

महिला ह्वीलचेयर बास्केटबलको उपाधि कोशीलाई

पहिलो क्वाटरमा २–२ को बराबरी स्कोर जोडेको कोशीले दोस्रो क्वाटरमा २–० को अग्रता कायम गरेको थियो ।

तेस्रो क्वाटरमा लुम्बीनीसँग ३–२ स्कोरले पछी परेको कोशीले अन्तिम क्वाटरमा २–० को स्कोर निकाल्दै बिजेता बन्न सफल भएको हो । स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा तथा कोशी प्रदेश खेलकुद बिकास बोर्डको मुख्य सहयोगमा सम्पन्न प्रतियोगिताको बिजेता कोशीले उपाधिसंगै नगद २५ हजार पाएको छ ।

उपविजेता लुम्बिनीले २० हजार पाएको छ । प्रतियोगितामा कोशी प्रदेशकी रजनी राई उत्कृष्ट खेलाडीसंगै हाइस्कोरर घोषित भइन । दुई दिनसम्म चलेको प्रतियोगितामा मधेश प्रदेश बाहेक ६ वटै प्रदेशको सहभागिता रहेको थियो ।

प्रकाशित : असार १५, २०८१ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×