कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ढाकामा धर्म र पुष्पले जिते स्वर्ण पदक

काठमाडौँ — नेपालका भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले बंगबन्धु अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् ।

ढाकामा धर्म र पुष्पले जिते स्वर्ण पदक

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा धर्मले ५० वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण जितेको टोलीका नेता बुद्धवीर लामाले जनाएका छन् । प्रतियोगितामा धर्मको यो व्यक्तिगत दोस्रो स्वर्ण हो । यसअघि धर्मले ५ हजार मिटर दौडमा पनि स्वर्ण जितेका थिए । पुष्पलालले पनि १० हजार मिटर दौडमै ६५ वर्षमाथि उमेर समूहमा स्वर्ण जिते । सोही दूरीको ४० वर्षमाथि लाक्पा शेर्पा लामा पाँचौं स्थानमा रहे ।

प्रतियोगितामा नेपालबाट ६ भेट्रान धावकले प्रतिस्पर्धा गरेका थिए । नेपालले ५ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्यो । यसअघि ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीर लामाले स्वर्ण, रेवत दाहालले ५० वर्षमाथि १ हजार ५ सय मिटर दौडमा स्वर्ण र ५ हजार मिटर दौडमा रजत जितेका थिए । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रञ्जितले कांस्य हात पारे । टोली मंगलबार स्वदेश फर्किंदै छ ।

प्रकाशित : असार १५, २०८१ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×