कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

झापामा हात्ती मृत फेला 

झापा — झापाको मेचीनगर– ३ स्थित वहुवन क्षेत्रनजिकै एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।  स्थानीय धरधरे खोला आसपासमा मृत भेटिएको हात्ती विद्युतीय करेन्ट लागेर मरेको हुन सक्ने प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

झापामा हात्ती मृत फेला 

स्थानीय किसानले घरबाली जोगाउन घरैपिच्छे विद्युतीय तारबार गरेका छन् । सोही तारबारको पासोमा परेर हात्ती मरेको आशंका प्रहरीको छ ।

तीन महिनायता झापा, मोरङ र सुनसरीमा आधा दर्जन जंगली हात्ती मारिएका छन् । केहीलाई गोली प्रहार गरी मारिएको छ । अधिकांश विद्युतीय पासोमा परेर मरेको पाइएको छ ।


प्रकाशित : असार १३, २०८१ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×