कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जुम्लाको हिमामा रैथाने बाली संरक्षण कार्यक्रम

आगामी वर्षदेखि कृषि उत्पादनमा विषादी प्रयोग निषेध गरिने
डीबी बुढा

जुम्ला — जुम्लाको हिमा गाउँपालिकाले रैथाने बाली संरक्षण कार्यक्रमलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ । पछिल्लो समयमा विषादीयुक्त खाद्यान्न आउन थालेपछि हिमाले बाहिरबाट आउने खाद्यान्नलाई निरुत्साहित गर्न रैथाने बाली संरक्षण कार्यक्रम सुरु गर्ने भएको हो ।

जुम्लाको हिमामा रैथाने बाली संरक्षण कार्यक्रम

उपाध्यक्ष सुपुर्ना शाहीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै रैथाने बाली संरक्षण अभियानमा किसानहरूलाई सामेल गराउने बताइन् ।

उपाध्यक्ष शाहीले आगामी वर्षमा कृषि उत्पादनमा विषादीको प्रयोगलाई निषेध गरिने जनाएकी छिन् । हिमाले जडिबुटी खेती गर्ने किसानलाई प्रोत्साहित गर्ने,भूक्षयबाट जनधन र जमिन बचाउन जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गर्ने नीतिसमेत लिइएको पालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए ।

अध्यक्ष शाहीले उच्च शिक्षा एमबीबीएस,इन्जिनियरिङ,पाइलट र महिलातर्फ मास्टर नर्सिङ अध्ययनका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म छात्रावृत्ति प्रदान गर्ने नीति लिइएको बताए ।


प्रकाशित : असार ११, २०८१ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×