कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खेलकुदमन्त्री श्रेष्ठ दक्षिण कोरिया प्रस्थान

काठमाडौँ — दक्षिण कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि शुक्रबार त्यसतर्फ गएका छन् ।

खेलकुदमन्त्री श्रेष्ठ दक्षिण कोरिया प्रस्थान

एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठले विभिन्न कार्यक्रममा भाग लिनेछन् । उनी इमिनेन्ट साउथ एसियन डिग्निटेरिज र नेपाल दूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुनेछन् । लगानी सम्मेलनमा पीपीपी मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताएका छन् ।

कोरियन स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीका अध्यक्ष ली की हुङ र वर्ल्ड तेक्वान्दोका अध्यक्ष चुङवाङ चावोसँग पनि भेटवार्ता गर्नेछन् । कोरियन स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियाली खेलकुदका लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा छलफल गरिने जनाइएको छ ।

वर्ल्ड तेक्वान्दोका अध्यक्षसँग दोलखाको शैलुङको हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणपछि मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिने भएको छ ।

कोरियन नेसनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी (काडा)सँग पनि भेट्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठले शुक्रबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भ्रमणबारेमा जानकारी गराएका थिए । मन्त्री श्रेष्ठका साथमा स्वकीय सचिव प्रदीप ज्ञवाली पनि कोरिया गएका छन् । मन्त्री श्रेष्ठ असार २२ मा नेपाल फर्किने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार १४, २०८१ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×