कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहाना स्मृति यू–१९ भलिबल : लुम्बिनी प्रदेश दुवैतर्फ फाइनलमा

काठमाडौँ — प्रथम सहाना प्रधान स्मृति यू–१९ भलिबल प्रतियोगिताको गर्ल्सतर्फ वाग्मती र लुम्बिनी प्रदेश फाइनलमा पुगेका छन् ।

सहाना स्मृति यू–१९ भलिबल : लुम्बिनी प्रदेश दुवैतर्फ फाइनलमा

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार प्रतियोगिताको सेमिफाइनलमा वाग्मती र लुम्बिनीले जित पाएका थिए । वाग्मतीले कोशी प्रदेशलाई २४–१८, २५–६, २५–८ ले परातिज गरेको थियो । खेलमा वाग्मतीकी जेनिशा बिक प्लेयर अफ द म्याच भइन् ।

लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध २७–२५, २५–१२, २५–२० को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो । लुम्बिनीकी प्रतिभा चौधरी प्लेयर अफ द म्याच भइन् ।

सोही प्रतियोतिगा ब्वाइजतर्फ गण्डकी र लुम्बिनीले उपाधिका लागि खेल्नेछन् । शुक्रबार गण्डकीले सुदूरपश्चिमविरुद्ध २५–१६, २०–२५, २५–११, २८–२६ को संघर्षपूर्ण सेटमा सफलता पायो । खेलमा गण्डकीका सूर्य बिक प्लेयर अफ द म्याच भए ।

लुम्बिनीले वाग्मतीलाई २५–१७, २९–३१, २५–१९, २५–२० को सेटमा हराएको थियो । खेलमा लुम्बिनीका सुशील खड्का प्लेयर अफ द म्याच भए ।

सहाना प्रधान फाउन्डेसनको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । त्यसअघि सेमिफाइल पराजित टिमबीच तेस्रो स्थानका लागि खेल हुनेछ । खेलहरू कान्तिपुर टेलिभिजनको म्याक्स च्यानलबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।

प्रकाशित : असार १४, २०८१ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×