कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मकवानपुरबाट ३ सय ३० केजी गाँजासहित ३ जना पक्राउ

प्रताप विष्ट

हेटौंडा — मकवानपुर प्रहरीले २ वटा सवारी साधनमा लुकाइल्याएको ३ सय ३०केजी गाँजासहित ३ जनालाई बुधबार राति पक्राउ गरेको छ ।

मकवानपुरबाट ३ सय ३० केजी गाँजासहित ३ जना पक्राउ

मकवानपुरको भीमफेदी गाउँपालिका—१ सामारी पुलनजिकै रोकी राखेको बा ३ ख ४६१ नम्बरको मिनी ट्रकबाट प्रहरीले १ सय ७५ केजी गाँजा बरामद गरेको हो । ट्रकको पछाडिपट्टि फल्स बटम बनाई लुकाएर ल्याएको गाँजासहित हेटौंडा उपमहानगरपालिका—.४ का ५१ वर्षीय पूर्णबहादुर रुम्बालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातोमाटेनजिक संयुक्त प्रहरी टोलीले चितवनबाट पथलैयातर्फ जाँदै गरेको ना५ख १११८ नम्बरको ट्रकबाट १५५ किलो गाँजा बरामद गरेको छ । उक्त ट्रकमा १६ पोका गाँजा फेला परेको प्रहरीको भनाइ छ । ट्रक चालक चितवन राप्ती नगरपालिका–२ गड्यौलीक ३६ वर्षीय सुनील मोक्तान र राप्ती–१ लोथरका २० वर्षीय धनबहादुर स्याङ्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ११ महिनामा लागूऔषध ओसारपसार गरेको आरोपमा १९ महिलासहित २ सय ३९ जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको छ । साउनदेखि जेठसम्म मकवानपुर प्रहरीले ३ हजार ४ सय ६२ केजी गाँजा बरामद गरेको छ भने १३ केजी अफिम, ७८ ग्राम खैरो हिरोइन, र १ सय ५ केजी चरेश बरामद गरेको डीएसपी भण्डारीले बताए ।

प्रकाशित : असार १३, २०८१ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×