कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

संखुवासभा — सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ।

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

जिल्ला व्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा खुलातर्फ विभिन्न प्रदेशका ८ टिम सहभागी छन् । भेट्रान्सतर्फ कलकत्ता, दार्जिलिङ, सिक्किम र कोशीका ३० जोडी सहभागी छन् ।

त्यस्तै, कोशी प्रदेशका बी डिभिजनका ५४ जोडी प्रतियोगितामा सहभागी भएको संघका अध्यक्ष संजिवकुमार श्रेष्ठले बताए ।

प्रतियोगितामा पुरुष डबलतर्फ विजयी हुने टिमले ६० हजार नगद पाउने छन् । उपविजेताले ३५ हजारमा चित्त बुझाउनुपर्ने छ । भेट्रान्सतर्फका विजयीले भने ५० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिताको फाइनल असार ८ गतेसम्म हुनेछ ।

प्रकाशित : असार ६, २०८१ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×