कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

दिक्तेल-चखेवाभञ्ज्याङ सडक : तीन वटा पुल बनेसँगै यातायात सञ्चालन

खोटाङ — मध्यपहाडी लोकमार्गको दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने तीन वटा खोलामा पुल निर्माणको काम सकिएको छ । भालुखोला, मेवाखोला र छेपेखोलाको पुलको काम सकिएको हो ।

दिक्तेल-चखेवाभञ्ज्याङ सडक : तीन वटा पुल बनेसँगै यातायात सञ्चालन

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र उक्त नगरपालिकाकै वडा नं ६ नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २०–२० मिटर लम्बाइको पुलको काम लगभग सकिएको मध्यपहाडी योजना कार्यालय धुलिखेलका सूचना अधिकारी हर्क प्रधानले बताए ।

‘दुवै पुलको कामको लगभग सकिएको छ, निर्माण कम्पनीको तर्फबाट गर्नु पर्ने काममध्ये अब साइनबोर्ड, रोड मार्किङको काम मात्र बााकी छ,’ प्रधानले भने, ‘अफिसको तर्फबाट गर्ने भारबहन क्षमता परीक्षणको पनि बाँकी नै छ ।’

सात करोड ७४ लाख २५ हजार रुपैयाँमा सक्ने गरी उक्त दुवै पुल निर्माणको ठेक्का केएम इन्जिनियर्स विल्डर्स प्रालिले लिएको हो । २०८१ असार–२२ गतेभित्र सक्ने गरी २०७९ असार २२ गते सडक विभागसँग सम्झौता गरेको थियो ।

निर्माणमा संलग्न केएम इन्जिनियर्स विल्डर्स प्रालिका प्रबन्ध निर्देशक मोहन कार्कीले केही दिनमै साइनबोड र रोड मार्किङको काम पनि सक्ने बताए । ‘अरु सबै भौतिक काम सकेर पनि गाडी कुद्न थालेको छ, त्यही अनुसार सम्वन्धित अफिसलाई काम सकेको जानकारी पनि दिइसकेका छौं,' कार्कीले भने, ‘अब केही दिनमै साइनबोर्ड र रोड मार्किङ पनि सकिन्छ ।’

अहिलेको समयमा देशभर योजनाहरू वर्षौदेखि अलपत्र भइरहेको बेला म्यादै नथपि काम सकिएकोप्रति प्रधानले खुसी व्यक्त गरे । ‘वर्षौदेखि योजनाहरू अलपत्र परिरहेको अहिलेको अवस्थामा दुवै पुल म्याद नथपि सकियो,’ प्रधानले भने, ‘यो खुसीको विषय हो ।’

यस्तै उक्त सडक खण्डकै नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलाको पुलको काम पनि सकिएको छ । उक्त पुलको पनि मार्किङ र साइनबोर्ड मात्र राख्न बाँकी छ । तीन करोड पााच लाख ८० हजार एक सय ३७ रूपैयाँको लागतमा २०८० कात्तिक ११ गतेभित्रै सक्ने गरी सगरमाथा सजिव जेभीले ठेक्का लिएको थियो ।

तर स्थानीय, प्रदेश र संघीय चुनाव तथा कोसी प्रदेशमा पहिचानपक्षधरहरूले सञ्चालन गरेको आन्दोलनका कारण काममा अवरोध आउँदा बेलामा सक्न नपाए पनि अहिले भने काम सकिएको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताए । ‘पानी परेकाले मार्किङको काम बााकी रहेको हो,’ घिमिरेले भने, ‘अब दुई–तीन दिनभित्रै त्यो पनि सकिन्छ ।’

प्रकाशित : असार ६, २०८१ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×