कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सत्तापक्षका सांसदको चासोलाई सम्बोधन गरेर बजेट पारित गर्न ओली, दाहाल र लामिछानेबीच छलफल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बजेट पारित गर्ने विषयमा छलफल भएको छ ।

सत्तापक्षका सांसदको चासोलाई सम्बोधन गरेर बजेट पारित गर्न ओली, दाहाल र लामिछानेबीच छलफल

संसद्‌मा छलफल भइरहेको बजेट आगामी साता पारित गर्नेबारे तीन नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बजेटबारे संसद्‌मा सत्ता पक्षले उठाएका प्रश्नहरु सकेसम्म सम्बोधन गरेर बजेट पारित गर्नु उचित हुनेबारे तीन नेताको समान धारणा व्यक्त गरेको स्रोतको भनाइ छ । ‘बजेटमा सबैको चित्त बुझाउन नसकिए पनि सत्तापक्षकै सांसदको मुख्य चासो सम्बोधन गर्नु उचित हुन्छ’ स्रोतको भनाइ थियो ।

तीन नेताबीच जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल भएको थियो । मधेश सरकारको नेतृत्व गरेको जनमत र सुदूर पश्चिम सरकारमा सहभागी भएको उन्मुक्ति पार्टीलाई एक, एक मन्त्रालय दिने समझदारी भए पनि कुन मन्त्रीलाई फिर्ता बोलाउनेबारे ओली र दाहालबीच समझदारी भइसकेकेको छैन ।

एमाले र माओवादीका एक, एक मन्त्रीलाई फिर्ता बोलाएर जनमत र उन्मुक्तिलाई सरकारमा सहभागी गराउने पक्षमा प्रधानमन्त्री भए पनि तीन महिना नपुग्दै आफ्ना मन्त्री फिर्ता बोलाउने पक्षमा ओली छैनन् ।

जनमत र उन्मुक्तिलाई सरकारमा सहभागी गराएपछि समीकरण झन् बलियो हुने भएकाले दाहाल र ओली छलफलमा लागेका हुन् ।

प्रकाशित : असार ६, २०८१ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×