कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बाइडेनको नीति : कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति/पत्नीलाई कानुनी मान्यता दिने

एजेन्सी

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकका गैरकाकानुनी रुपमा बसिरहेका पति/पत्नीहरूलाई कानुनी मान्यता दिने नीति घोषणा गर्ने भएका छन् ।

बाइडेनको नीति : कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति/पत्नीलाई कानुनी मान्यता दिने

राष्ट्रपति निर्वाचनमा आप्रवासीहरूको मत समेत ठूलो प्रभावी हुने भएकाले चुनाव अघि नै बाइडेनले उनीहरूको सहानुभूति प्राप्त गर्न यो नीति ल्याउने लागेका हुन् ।

यो नीति घोषणा भएपछि अमेरिकी नागरिकका ५ लाखभन्दा बढी पति/पत्नीहरू र साथै २१ वर्ष मुनिका ५० हजार युवाहरूले लाभ उठाउने ह्वाइट हाउसको विश्वास छ ।

यो नीतिले अमेरिकी नागरिकसँग विवाह गरी बसिरहेका गैरकानुनी हैसियतका पति वा पत्नीहरूलाई निर्वासनबाट जोगाउने छ ।

बीबीसीको एक समाचारअनुसार यो नीति कम्तिमा १० वर्षदेखि अमेरिकामा बसेकाहरूलाई लागू हुनेछ र उनीहरूलाई कानुनी रूपमा अमेरिकामा काम गर्न पनि बाटो खुल्नेछ ।

राष्ट्रपति बाइडेनले जुनको सुरुमा अमेरिकी अध्यागमन प्रणालीलाई अधिकतम 'निष्पक्ष र न्यायोचित' बनाउने वाचा गरेका थिए ।

यस नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावअघि धेरै मतदाताहरूको लागि आप्रवासन मुख्य चिन्ताको विषय भएको जनमत सर्वेक्षणहरूले देखाएका छन् । बाइडेनले ल्याउन लागेको यो नीतिलाई केहीले भने आलोचना गरेका छन् ।

प्रकाशित : असार ४, २०८१ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×