काठमाडौँ — भारतीय राष्ट्रिय कांग्रेसका नेता शशि थरुर चौथोपल्ट लोकसभा चुनावमा निर्वाचित भएका छन् । केरलको तिरुवनन्तपुरम क्षेत्रबाट केन्द्रीय मन्त्रीसमेत रहेका भाजपा उम्मेदवार राजीव चन्द्रशेखरलाई हराउँदै लोकसभा सांसदमा निर्वाचित भएका हुन् ।
थरुरले चन्द्रशेखरलाई १६ हजार ७७ मतको अन्तरले हराएका हुन् । थरुरले ३ लाख ५८ हजार १ सय ५५ मत ल्याउँदा चन्द्रशेखरले ३ लाख ४२ हजार ७८ मत पाए । थरुर यसअघि पनि सन् २००९, २०१४ र २०१९ मा तिरुवनन्तपुरमबाट विजयी भएका थिए ।
थरुर भारतीय राजनीतिमा एक प्रखर र बौद्धिक नेताका रूपमा परिचित छन् । उनले विदेशराज्यमन्त्री तथा संयुक्त राष्ट्र संघको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
