२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भारतीय लोकसभा चुनाव : अयोध्यामा भाजपाको हार स्वीकार

काठमाडौँ — भारतीय लोकसभा चुनावामा महत्त्वपूर्णमध्ये एक मानिएको उत्तर प्रदेशको फैजाबाद(अयोध्या) सिटमा सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले हार स्वीकार गरेको छ ।

भारतीय लोकसभा चुनाव : अयोध्यामा भाजपाको हार स्वीकार

राम मन्दिर निर्माणलाई पूरै भारतभर चुनावी प्रचारका रूपमा प्रयोग गरे पनि भाजपाले अयोध्या रहेको फैजाबाद क्षेत्रमा हार बेहोरेको हो ।

भाजपाका निवर्तमान सांसद लल्लु सिंहले हार स्विकार्दै भनेका छन्, 'मैले तपाईंहरूको सम्मान बचाउन सकिनँ ।' भारतीय निर्वाचन आयोगले भने आधिकारिक रूपमा नतिजा सार्वजनिक गरेको छैन ।

पछिल्लो अपडेटअनुसार फैजाबादमा समाजवादी पार्टीका अवधेश प्रसाद भाजपा उम्मेदवार सिंहभन्दा ४८ हजार बढी मतले अगाडि रहेका छन् । सन् २०१४ र २०१९ मा फैजाबादमा लल्लु सिंहले समाजवादी पार्टीका उम्मेदवारलाई हराएको थियो ।

प्रकाशित : जेष्ठ २२, २०८१ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x