रुसले युक्रेनमाथि आक्रमण गरेर दुई देशबीच द्वन्द्व सुरु भएको वर्ष दिन हुन लागेको छ । गत फागुनमा रुसले गरेको हमलापछि न युद्ध थामिएको छ, न त लगातार उस्तै संघर्ष छ । युद्ध प्रारम्भ हुनासाथ सबैजसो देशले आफ्ना नागरिकलाई युक्रेनबाट निकालेका थिए । नेपालले पनि आफ्ना नागरिकलाई फिर्ता गर्न हरसम्भव प्रयास गरेको थियो । यसबीच युक्रेनको परिस्थिति थप तनावपूर्ण बनिरहेको छ ।
उत्तराखण्ड राज्यको चमोली जिल्लामा पर्ने जोशीमठका बासिन्दाले घर छाड्नुपर्ने स्थिति आएको छ । पछिल्ला दिनहरूमा जमिन भासिँदा ८ सय ४९ वटा घर भत्किएका छन् । यो क्रम अझै बढ्दै छ ।
भारतको केन्द्र सरकारले न्यायाधीशको नियुक्ति तथा सरुवा बढुवामा आफ्नो पनि उपस्थिति खोजेको छ । कानुनमन्त्री किरण रिजिजूले चीफ जस्टिस डीवाई चन्द्रचूडलाई पत्र लेखेर न्यायाधीश नियुक्त गर्ने ‘कलेजियम’ मा सरकारको प्रतिनिधि पनि सहभागिताको माग गरेका हुन् ।
उत्तराखण्ड राज्यको चमोली जिल्लामा रहेको जोशीमठ नगरमा केही महिनायता जमिन भासिँदै गएको छ । जमिन भासिएर घरहरुमा चिरा पर्ने तथा भत्किने क्रम सुरु भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर छाड्नुपर्ने स्थिति निम्तिएको छ ।
लामो अवधिको तयारी र प्रतीक्षापछि भारतबाट नेपालका लागि पहिलो खेप युरिया मल बिहीबार कोलकाताबाट हिँडेको छ । सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडले किनेको ३० हजार टन मल ढुवानी सुरु भएको हो ।
अटलबिहारी वाजपेयी नेतृत्वको एनडीए सन् २००४ को चुनावमा पराजित भएपछि सोनिया गान्धी प्रधानमन्त्री बन्ने लगभग निश्चित थियो । उनकै नेतृत्वमा कंग्रेससहितको यूपीए गठबन्धनले चुनाव जितेको थियो । सोनिया कंग्रेसको अध्यक्ष त थिइन् नै, युनाइटेड प्रोग्रेसिभ एलाइन्स (यूपीए) को प्रमुख पनि उनी नै चुनिएकी थिइन् ।
भारतीय राजधानी नयाँदिल्लीमा दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएको थियो । सार्वजनिक स्थानमा मास्क नलगाए हुने जरिवाना करिब अढाई वर्षपछि गत अक्टोबर पहिलो साताबाट हटाइएको थियो । तर, दिल्लीमा पुनः मास्क अनिवार्य लगाउनुपर्ने नियम ल्याउन लागिएको छ ।
नेपालका दुई ठूला छिमेकी देश भारत र चीनबीच सीमा क्षेत्रमा केही वर्षयता लगातार तनावको स्थिति छ । सन् २०२० को अप्रिलमा दुई देशका सेनाबीच पूर्वी लद्दाखमा भएको झडपमा भारतका २० सैनिकले ज्यान गुमाएका थिए । चीनतर्फ चार सैनिकको मृत्यु भएको थियो ।
अरुणाचल प्रदेशको तवाङको यांग्यात्से सीमा क्षेत्रमा हालै भएको भारतीय र चिनियाँ सैनिकबीचको झडपलाई लिएर विपक्षी दलहरूले संसद्मा छलफलको माग गरिरहेका छन् । तर, सरकार भने त्यस विषयमा कुनै पनि छलफलको पक्षमा देखिएको छैन ।
नेपालमा बिजुली उत्पादन बर्सेनि बढ्दै गएका बेला त्यसको बाह्य बजार सुनिश्चितता खोजीमा ऊर्जा उत्पादन क्षेत्रमा संलग्न सरकारी तथा गैरसरकारी निकाय लागेका छन् । नेपालमा उत्पादित बिजुलीको प्रमुख बाह्य बजार भारत र बंगलादेश हुन् । पूर्ण क्षमतामा हाल २ हजार २ सय ५३ मेगावाट उत्पादन हुँदा त्यसबाट करिब ५ सय मेगावाट बिजुली खपत नहुने अवस्था छ । यसै वर्षबाट ३ सय ८६ मेगावाट बिजुली भारतमा बेच्न थालिएको छ ।