कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बंगलादेशविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ — ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ । किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । 

बंगलादेशविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदै समूह चरणबाट बाहिरिइसकेको नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित रच्न चाहेको छ । बंगलादेश भने आजको खेल जित्दै सुपर-८ मा प्रवेश गर्न चाहन्छ ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

सुपर-८ मा प्रवेश गर्ने ७ टिमको टुंगो लागिसके पनि समूह 'डी' बाट १ टिम उक्त चरणमा जान बाँकी छ । बंगलादेशले नेपालविरुद्ध जित हात पारे स्वत: ऊ सुपर-८ मा प्रवेश गर्नेछ । तर नेपालसँग पराजित भई नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेमा भने रनरेटमा अगाडि ऊ सुपर-८ मा प्रवेश गर्ने सम्भावना पनि छ ।

नेपाल सन् २०१४ को ट्वान्टी-२० विश्वकपमा बंगलादेशसँग समूह चरणमा ८ विकेटले पराजित भएको थियो ।

प्रकाशित : असार ३, २०८१ ०५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?