कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सोमपालले पहिलो बलमै लिए बंगलादेशको विकेट

काठमाडौँ — नेपालले इनिङ्सको पहिलो बलमै बंगलादेशको पहिलो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले बंगलादेशी ब्याटर तानजिद हसनलाई पहिलो बलमै आउट गरेका हुन् । सोमपाल आफैंले हसनलाई  क्याचआउट गराएका हुन् । 

सोमपालले पहिलो बलमै लिए बंगलादेशको विकेट

किंग्सटाउनमा टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदै समूह चरणबाट बाहिरिइसकेको नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित रच्न चाहेको छ । बंगलादेश भने आजको खेल जित्दै सुपर-८ मा प्रवेश गर्न चाहन्छ ।

सुपर-८ मा प्रवेश गर्ने ७ टिमको टुंगो लागिसके पनि समूह 'डी' बाट १ टिम उक्त चरणमा जान बाँकी छ । बंगलादेशले नेपालविरुद्ध जित हात पारे स्वत: ऊ सुपर-८ मा प्रवेश गर्नेछ । तर नेपालसँग पराजित भई नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेमा भने रनरेटमा अगाडि ऊ सुपर-८ मा प्रवेश गर्ने सम्भावना पनि छ ।




प्रकाशित : असार ३, २०८१ ०५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?