कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

ट्वान्टी-२० विश्वकप २०२४ : वेस्ट इन्डिजलाई स्तब्ध पार्दै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौँ — दक्षिण अफ्रिकाले आयोजक देश वेस्ट इन्डिजलाई सोमबार तीन विकेटले पराजित गर्दै ट्वान्टी-२० विश्वकप २०२४ को सेमिफाइनल यात्रा तय गरेको छ । डकवर्थ लिविस नियमअनुसार जितका लागि १ सय १ सय २३ को लक्ष्य पाएको दक्षिण अफ्रिकाले सात विकेट गुमाएर १ सय २४ रन बनाएको हो ।

ट्वान्टी-२० विश्वकप २०२४ : वेस्ट इन्डिजलाई स्तब्ध पार्दै दक्षिण अफ्रिका सेमिफाइनलमा

खेल वर्षाले प्रभावित भएपछि दक्षिण अफ्रिकाले १७ ओभरमा नयाँ लक्ष्य पाएको हो । दक्षिण अफ्रिका जितसम्म पुग्दा पाँच बलको खेल बाँकी थियो ।

अन्तिम ओभरको पहिलो बलमा अलराउन्डर मार्को जेम्सले छक्का प्रहार गरेपछि दक्षिण अफ्रिका वेस्ट इन्डिजमाथि रोमाञ्चक जित निकाल्न सफल रहेको हो । त्यस अगाडि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेटमा १ सय ३५ रन बनाएको थियो । दक्षिण अफ्रिका लागि तबरेज शम्सीले २७ रन खर्चेर तीन विकेट लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे ।

यो जितपछि दक्षिण अफ्रिकाको सुपर एटको ग्रुप एमा तीन खेलबाट छ अंक भएको छ र टिम समूह विजेता रह्यो । इंग्ल्यान्ड पनि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टिम रह्यो । आइतबारको खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले अमेरिकालाई दस विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको अमेरिका १ सय १५ रनमा अलआउट भएपछि इंग्ल्यान्डले बिना कुनै विकेटको क्षति ९.४ ओभरमा त्यसलाई उछिनेको थियो । यस जितपछि इंग्ल्यान्डको चार अंक भएको थियो । वेस्ट इन्डिज दुई अंकमा समूहको तेस्रो स्थानमा रह्यो ।

प्रकाशित : असार १०, २०८१ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×