२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

'सतीदेवी' साउन ४ बाट प्रदर्शनमा आउने

काठमाडौँ — चलचित्र ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । चलचित्र ०४ साउनबाट देशभर प्रदर्शन हुनेछ । प्रदर्शन मिति सार्वजनिक गर्दै निर्देशक,निर्माता लक्ष्मण सुवेदीले अन्य चलचित्र नजुधाउन अनुरोध गरेका छन् ।

'सतीदेवी' साउन ४ बाट प्रदर्शनमा आउने


फिल्मले विभिन्न ठाउँमा गरिएको विशेष प्रदर्शनीमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।गत माघमा सौराहमा सम्पन्न सौराह दक्षिण एशियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको फिल्मले हालै रामेछापमा सम्पन्न तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र,सर्वोत्कृष्ट स्क्रीप्ट (लक्ष्मण सुवेदी) र सर्वोत्कृष्ट अभिनेत्री (मलिका महत) जुरी मेन्सन अवार्ड जितेको थियो ।

निर्देशक सुवेदीकै कथा रहेको चलचित्रमा मलिकाको साथमा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।फिल्मलाई राजधानीमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रकाशित : वैशाख २६, २०८१ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?